भारतमा ८० करोड जनालाई निःशुल्क खाना

काठमाडौं । भारतमा आगामी पाँच महिनामा कम्तीमा पनि ८० करोड नागरिकलाई निःशुल्क खाना दिने आयोजनाको घोषणा गरिएको बताइएको छ । सो कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज घोषणा गरेका बताइएको छ । सो कार्यक्रमको नाम ‘प्रधानमन्त्री गरिब कल्याण अन्न योजना’ राखिएको छ ।

त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको अन्तिमसम्म निःशुल्क रुपमा खाना खानेगरी सो कार्यक्रमको घोषणा गरिएको हो । त्यस कार्यक्रम गएको अप्रिल महिनादेखि नै भारत सरकारले सञ्चालन गरेको थियो । कोरोना भाइरसले गर्दा समस्यामा परेका गरिब व्यक्तिहरुका लागि यो कार्यक्रम घोषणा गरिएको हो ।

प्रधानमन्त्रीले आज यहाँको टेलिभिजनबाट सम्बोधन गरेर आगामी पाँच महिनाका लागि सो कार्यक्रम थप गर्ने बताए । यस कार्यक्रमार्फत भारतका गरिब जनता र कोरोना भाइरसको संक्रमणबाट रोजगारी गुमाएर समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पुर्‍याइने भारत सरकारले जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?