‘डब्ल्युएचओ’ले चेतावनी दिँदै भन्यो, ‘भ्याक्सीनको भर नपरौँ, यी दुई तरिकाबाट ज्यान बचाऔँ ‘

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । सबैजना कोरोनाभाइरसको महामारीबाट छुटकारा पाउन चाहन्छन्।

त्यसैले वैज्ञानिकहरु छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने काममा अहोरात्र खटिएका छन् । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आम मानिसहरूलाई एक चेतावनी दिँदै एकपटक सोच्न बाध्य बनाएको छ ।

युरोप क्षेत्रका विश्व स्वास्थ्य संगठनका प्रमुख डा. हंस क्लगले कोरोना भाइरसको भ्याक्सीन बनेपनि कोरोना संक्रमणको महामारी तत्काल अन्त्य नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘भ्याक्सीन बनेपनि तत्काल यो महामारीबाट मुक्ति मिल्दैन, त्यसैले उद्धार नै अहिलेको सबैभन्दा राम्रो तरिका हो ।’

एक अन्तर्वार्तामा डा. हंस क्लगले भने, ‘एक वर्ष भित्र कोरोना खोप उपलब्ध भए पनि यसले जादुई तरिकाले कोरोनालाई हटाउन सक्दैन, यस बाहेक, खोप बच्चा वा वृद्धसहित विभिन्न वर्गहरूमा कति प्रभावकारी साबित हुन्छ भन्ने ग्यारेन्टी छैन। त्यसैले व्यक्तिहरूले खोपमा भर पर्नु हुदैन र मानिसले आफैलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गर्नुपर्छ।’

साथै उनले महामारीबाट बच्न र सुरक्षित रहनका लागि विभिन्न टिप्सहरु पनि दिएका छन् ।

डा. क्लगले भने, ‘हात धुनु र शारीरिक दूरी कायम गर्नु नै प्रतिरोधात्मक क्षमता विकास नभएसम्मका लागि सबैभन्दा प्रभावकारी हतियार हुन सक्छ। मानिसहरूले दैनिक स्वच्छताको विशेष ध्यान राख्नु पर्दछ । यात्राको समयमा मास्क र पञ्जाहरु लगाउनु पर्दछ । साथै सबैले आफ्नो प्रतिरोधात्मक क्षमता बढाउनु पर्दछ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?