यस्तो छ सबैभन्दा बढी कोरोना संक्रमित भएको अमेरिकाको पछिल्लो अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १० हजार ६ सय २१ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ४ लाख ९७ हजार २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५७ लाख २४ हजार १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ७ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ७५ पुगेको छ । बितेको २४ घण्टामा १७ हजार ५ सय ६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख २९ हजार ३ सय १७ पुगेको छ ।

हालसम्म ११ लाख २४ हजार १ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ९२ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?