किन थन्किए निगमका जहाज ?

काठमाडौँ, १० फागुन – चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् । पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा सुलभ हवाई सेवा पुर्‍याउन भनी ल्याइएका जहाज ग्राउन्डेड भएका हुन् । निगमका अनुसार यी जहाज अझै कम्तीमा १० दिन उड्ने छैनन् निगमको अपरेसन विभाग (पाइलटहरू कार्यरत) ले बुधबार १० दिनका लागि बनाएको रोस्टर (उडान तालिका) मा क्याप्टेन अभावका कारण वाई १२ई अझै १० दिन ग्राउन्डेड हुने उल्लेख छ । निगम स्रोतले उपलब्ध गराएको उक्त रोस्टरमा वाई १२ई उडाउन निगममा भर्ती भएका पाँच पाइलटमध्ये २ जनाले बिरामी बिदा लिएको र २ जनाले राजीनामा दिएका कारण क्याप्टेन अभाव भएको उल्लेख छ । निगम व्यवस्थापनले लाइसेन्स अपडेट नगरेकाले एक पाइलट भने उडान भर्न अयोग्य छन् जहाजको कमान्डर भनिने मुख्य पाइलट (क्याप्टेन) को अभावमा १६ जना यात्रु क्षमताका चारवटै वाई १२ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?