के भारतलाई अमेरिकाले दिँदैछ अमेरिकी फाइटर जेट ?

काठमाडौं । अहिले चीन-भारतको बीचमा तनावपूर्ण अवस्था रहेको छ । साथै चीन-अमेरिकाको बचिमा पनि उस्तै स्थिती छ ।

यसैबीच अमेरिकाले चीनलाई घेराबन्दी गर्ने नयाँ रणनीतिमा काम गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । अमेरिकाले भारतसँगको सैन्य साझेदारीलाई सुदृढ पार्ने कुरामा
पनि विचार गरिरहेको भारतीय सञ्चार माध्यमको दाबी छ ।

हालै मात्र अमेरिकी सीनेटमा एक विधेयक पारित गरिएको छ । यदि यो विधेयक सिनेटले अनुमोदित भयो भने, भारतले चाँडै नै उन्नत अमेरिकी फाइटर जेट प्राप्त गर्ने भारतीय सञ्चारमाध्यमहरुको दाबी छ।

संयुक्त राज्य अमेरिकाले भारतलाई ५ औँ पुस्ताको एफ-२२ र एफ-३५ जस्ता उन्नत लडाकू जेटहरू प्रदान गर्नेछ ।

अहिले यस्ता उन्नत लडाकू जेटहरू इजरायल, जापान र दक्षिण कोरिया जस्ता विश्वका केही चयनित देशहरूसँग मात्र रहेका छन्।

अमेरिकाको सत्तारूढ रिपब्लिकन पार्टी र विपक्षी डेमोक्र्याटिक पार्टीका शीर्ष दुई सीनेटरले भारतसँग सैन्य सम्बन्ध सुदृढ पार्न, पाचौँ पुस्ताको लडाकू विमान दिन र सैन्य क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको गति बढाउन भन्दै राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीडीएन) २०२१ संशोधन विधेयक पेश गरेका छन्।

यस संशोधन विधेयकमा रक्षामन्त्रीलाई अमेरिका र भारतबीच रक्षा र सम्बन्धित औद्योगिक तथा प्रविधि अनुसन्धान, विकासका अवसर र कार्मिक आदानप्रदानको बारेमा छोटो जानकारी उपलब्ध गराउन भनिएको छ।

भारतले छिट्टै लडाकू जेटहरू पाउने

सिनेटमा मार्क वार्नर र सिनेटका जोन कर्ननले सिनेटमा रक्षामन्त्री मार्क एस्परलाई इजरायल-युएस नेशनलले अमेरिका-भारत निजी क्षेत्रको सहयोगका लागि प्रमुख टेक्नोलोजीमा औद्योगिक अनुसन्धान र विकास फाउण्डेशन एक मोडल हुन सक्छ ? भन्ने प्रश्न राखेका छन् ।

यदि यो विधेयक सेनेटमा पारित गरियो भने, ६ महिनामा भारतले पाचौँ पुस्ताका लडाकु जेटहरू पाउने सम्भावना रहेको छ।

अर्को संशोधनमा सेनेटर कर्नेनले रक्षामन्त्रीलाई कानून पारित भएको १८० दिन भित्र अमेरिकाको पाचौँ पुस्ताका लडाकू जेटको कार्यक्रमको बारेमा भारतलाई जानकारी गराउन पनि आग्रह गरेका छन्, तर भारतले पाचौँ पिढीका लडाकू विमान आफैँ विकास गर्दैछ।

संयुक्त राज्य अमेरिकाले भारतसँग सैन्य साझेदारीलाई सुदृढ पार्न धेरै कदमहरू चालिसकेको छ।

यसमा ती दुई सिनेटले संयुक्त रुपमा अर्को गोप्य अमेरिकी रक्षा प्रविधि र उपकरण प्रदान गर्ने सम्बन्धमा इजरायल र न्यूजील्याण्ड जस्ता नाटो प्लस देशहरु को सूचीमा भारतलाई समावेश गर्न अर्को संशोधन पनि ल्याएको छ ।

यो संशोधन पारित गरेपछि भारत पनि नाटो प्लस देशहरूमा पनि सामेल हुनेछ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?