मिश्रमा कोरोना संक्रमित रहेको अस्पतालमा आगो लाग्दा ७ जनाको मृत्यु

काठमाडौं । मिश्रको एक अस्पतालको चिकित्सा ईकाईमा लागेको आगोका कारण ७ जना कोरोना संक्रमित को मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोरोना संक्रमणको उपचार गराईरहेका ६ जना पुरुष र एक महिला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अलेक्जिेन्ड्रियाका गभर्नर मोहम्मद अल शरीफले मिश्रको उत्तर तटमा रहेको अलेक्जिेन्ड्रियास्थित एक निजी अस्पतालको कोरोना भाइरस कक्षमा आगो लाग्दा ६ जना कोरोना संक्रमित पुरुष एक कोरोना संक्रमित महिलाको मृत्यु भएको बताएका छन् ।

नागरिक सुरक्षा विभागले यो आगो शर्ट सर्किटको कारण लागेको बताएको छ । उक्त घटनाबारे पुलिसले अहिले अनुसन्धान शुरु गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?