अझै दुई वर्षसम्म कोरोनाको संक्रमण रहने अमेरिकी डाक्टरको दाबी !

काठमाडौं । अहिले कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । कोरोना भाइरसको संक्रमण अहिले झनै तीव्र गतिले बढ्दै गईरहेको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने प्रयास सारा विश्वका वैज्ञानिकहरुले गरिरहे पनि सफलता भने अहिलेसम्म हात पर्न सकेको छैन ।

यसैबीच अमेरिकाको म्यारील्याण्ड युनिभर्सिटीको हस्पिटलमा संक्रमक रोग विभागका प्रमुख र कोरोना संक्रमितको उपचारमा रहेका डाक्टर फहिम यूनुसलेकोरोना भाइरसको संक्रमण दुई वर्षसम्म रहिरहने दाबी गरेका छन् ।

उनले उक्त जानकारी सहित सामाजिक सञ्जाल ट्वीटरमा अन्य विभिन्न् जानकारी पनि शेयर गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘भ्रम फैलाएर खुशी दिनुभन्दा सत्यलाई स्विकार्नु नै राम्रो हो । त्यसैले कोरोना संक्रमण दुई वर्षसम्म रहिरहन्छ ।’

उनले ट्वीटमा भनेका छन्, ‘कोभिड १९ को संक्रमण दुई वर्षसम्म रहिराख्छ । ६ महिना अहिले गईसक्यो, कोरोना भ्इाक्सीन बन्न अझै एक वर्ष लाग्छ, र त्यसलाई सबैतिर बाँड्न एक वर्ष । ‘

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?