चीनलाई अमेरिकाले दियो यस्तो झड्का !

लोकपथ संवाददाता
0
Shares
U.S. President Donald Trump meets with China’s President Xi Jinping at the start of their bilateral meeting at the G20 leaders summit in Osaka, Japan, June 29, 2019. REUTERS/Kevin Lamarque – RC1E7DB7CCD0

काठमाडौं । गत शुक्रवार अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

त्यसको प्रत्युत्तरमा चीनले सोमवार अमेरिकी सबै नागरिकको भिसामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सोमवार चीनले प्रतिबन्ध लगाएपछि मंगलवार अमेरिकाले फेरी चीनविरुद्ध एक्शन लिएको छ । अमेरिकाले चीनलाई रक्षा उपकरण निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

हङ्कङ्गमा राष्ट्रिय सुरक्षा कानूनको घोषणा पछि अमेरिकाले चीनमा रक्षा उपकरण र टेक्निकको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले मंगलवार यो घोषणा गरेका हुन् । पोम्पियोले एक ट्वीट गर्दै भने आजबाट अमेरिका चीनमा रक्षा उपकरण र संवेदनशील टेक्निकमा प्रतिबन्ध लगाउनेछ ।

यदि बेइजिङ हङकङ्गलाई एक देश एक प्रणाली सम्झिन्छ भने हामीले पनि निश्चित रुपमा सम्झिन आवश्यक रहेको छ ।

राष्ट्रिय सुरक्षाको रक्षाका लागि यो फैसला

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चीनको कम्युनिष्ट पार्टीले हङकङ्गको स्वतन्त्रता नष्ट गर्न खोजेकोले ट्रम्प प्रशासनले आफ्नो नीतिहरुलार्य मूल्याङ्कन गर्ने अवसर दिएपनि चीनले नमानेपछि अमेरिकाले हङकङ्गलाई अमेरिकी मूलका रक्षा उपकरणमा रोक लगाएको हो ।

यो फैसला अमेरिकाले आफ्नो सुरक्षाका लागि लिएको उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?