काठमाडौं । कोरोना भाइरसको कारण मानिसमा मात्र नभएर जनावरमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।
अर्थव्यवस्थाका साथसाथै पर्यटन क्षेत्रमा पनि ठूलो असर पुगेको छ ।
यसैबीच थाईल्याण्डको लोपबुरी शहरमा पर्यटकको कमीका कारण बाँद् स्थानीयका लागि ठूलो समस्या बन्न थालेको छ ।
कोरोना भाइरसको डरले सारा सडक खाली भएपछि जताततै बाँदरै बाँदर देखिएका छन् । बाँदरहरुले स्थानीयहरुको सामान खोस्न र आक्रमण गर्न थालेका छन् ।
जसका कारण मानिसहरु बाँदरसँग क्रोधित र हैरान छन् । पर्यटकहरु जाँदा खानेकुरा पाउने गरेका बाँदरहरु अहिले स्थानीयको घरमा पसेर दुख दिन थालेका छन् ।
बाँदर अहिले स्थानीयका लागि ठूलो समस्या बन्ने गरेको स्थानीयहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया