‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ भन्दै भारतले चीनविरुद्ध चाल्यो यस्तो कदम

काठमाडौं – भारत र चीन विवाद बढीरहेको छ । चीनसँग सीमा विवाद चलिरहेको कारण भारत सरकारले ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको छ।

ती एपहरूमा लोकप्रिय टिकटक, सेयरलाईट, हेलो, यूसी ब्राउजर, लाइकी, वेच्याट समावेश छन् । संसारभरि नै टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ । भारतमा मात्रै टिकटकका १० करोड सक्रिय प्रयोगकर्ताहरु छन् ।

चीन–भारतबीच तनाव बढ्दै जाँदा नरेन्द्र मोदी सरकारले धेरै प्रयोगकर्ता भएको टिकटक एप लगायतका लोकप्रिय एपमाथि प्रतिबन्ध लगाएको हो ।

५९ वटा एपलाई मोबाइल र इन्टरनेट चल्ने जुनसुकै उपकरणमा चलाउन नमिल्ने गरी प्रतिब्नध लगाइएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ एपका कारण भारतको सार्वभौमसत्ता र अखण्डतामा असर पर्ने खालका गतिविधि भएको र त्यसबाट भारतको राष्ट्रिय सूरक्षामा खतराको पुग्ने भन्दै प्रतिबन्ध लगाएको भारतको सूचना तथा संचार मन्त्रालयले उल्लेख गरेको छ।

हाल प्रतिबन्ध लगाएका एपहरुको प्रयोगबाट केही भारतीय नागरिकहरुले गोपनियता भंग भएको भन्दै उजुरी दिएको समेत जनाइएको छ। भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ ए को प्रयोग गर्दै सो प्रतिबन्ध लगाएको हो ।

सो धारामा भारत सरकार वा उसका कुनै पनि अधिकार प्राप्त सरकारी पदाधिकारीलाई भारतको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय सुरक्षा, छिमेकीहरुसँगको सम्बन्ध तथा जनजीवनमा खलल पार्ने खालका लागेमा त्यस्ता कुराहरुमाथि प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ । भारतीय मोबाइल र इन्टरनेट प्रयोगकर्ताको सुरक्षा लागि एपहरुमाथि प्रतिबन्ध लगाइएको मन्त्रालयले उल्लेख गरेको छ। यसको समर्थनमा भारतका ७ करोड व्यापारीहरूले सरकारलाई कडा समर्थन गर्ने बताएका छन् ।

केही साताअघि गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच ‘हिंस्रक झडप’ भएको थियो। झडपमा दुवै देशका सेनाहरु मारिएका थिए। त्यसयता भारतमा चीन विरोधी माहौल सिर्जना भइरहेको छ। भारतीयहरुले चिनियाँ उत्पादन बहिस्कार गर्नेपर्ने धारणा राख्दै आएका थिए।

के – के भयो बन्द हेर्नुहोस् : 

टिकटिक चलाउनुहुन्छ ?  थाहा पाउनुहोस् टिकटकका यस्ता नोक्सानी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?