चीनले लगायो अमेरिकी नागरिकको भिसामा प्रतिबन्ध

लोकपथ संवाददाता
0
Shares
U.S. President Donald Trump meets with China’s President Xi Jinping at the start of their bilateral meeting at the G20 leaders summit in Osaka, Japan, June 29, 2019. REUTERS/Kevin Lamarque – RC1E7DB7CCD0

काठमाडौं । अमेरिकाले चीनको कम्युनिष्ट पार्टीका अधिकारीहरुको भिसामा रोक लगाएपछि चीनले पनि अमेरिकाका नागरिकहरुको भिसामा प्रतिबन्ध लगाउने निर्णय गरेकोे छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ताले सोमवार अमेरिकाका कर्मचारीहरुमा चीनले भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाभ्यमहरुले बताएका छन् । चीनको सरकारी मिडियो ग्लोबल टाइम्सका अनुसार चीनका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले केहि दिन अगाडि आफ्ना अधिकारीहरुको भिसा प्रतिबन्ध लगाएपछि चीनले यो निर्णय लिएको हो ।

अमेरिकाले शुक्रवार चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको थियो ।

साथै अमेरिकाले उनीहरुमाथि हङकङमा मानवअधिकार र स्वतन्त्रताको हनन गरेको आरोप लगाएको थियो ।

त्यसपछि चीनले यस फैसलाको विरोध जनउँदै उक्त आरोप लगाएर अमेरिकाले गल्ती गरेको बताएको थियो ।

साथै चीनले राष्ट्रिय सुरक्षा बनाइराख्न चीन मजबुत तरिकाले आफ्नो कदम अगाडि बढाउने बताएको छ ।

कोरोना भाइरसको प्रकोप फैलाएको आरोप चीनविरुद्ध लगाएपछि अमेरिका र चीनको सम्बन्ध बिग्रिँदै गएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?