अमेरिकी एनएसएले चिनियाँ राष्ट्रपतिलाई रुसका क्रुर शासकसँग तुलना गर्दै दिए यस्तो चेतावनी

काठमाडौं । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) रोबर्ट ओ ब्रायनले चीनका राष्ट्रपति शी जिनपिङलाई एक क्रुर शासक बताएका छन् ।

उनले राष्ट्रपति शीको तुलना रुसका तानाशाह जोसेफ स्टालिनसँग गरेका हुन् । अमेरिकी एनएसएले शुक्रवार स्टालिनको नीतिले लाखौँ मानिस मरेको भन्दै चिनियाँ राष्ट्रपति शीलाई स्टालिनसँग तुलना गरेका हुन् ।

उनले चेतावनी दिँदै भने, चिनियाँ कम्युनिस्ट पार्टी प्रोपोगान्डाको माध्यमबाट अमेरिकीहरुको लाभ उठाउन खोजेको छ, उनीहरु विभिन्न कम्पनीको माध्यमबाट डेटा चोर्न लागेका छन् र हलिउडमाथि सेल्फ सेन्सरशिपको दवाव दिईरहेका छन् ।

ब्रायनले चिनियाँले दिमाग नियन्त्रण गर्ने प्रयाश गरेको आरोप समेत लगाएका छन् । साथै कम्युनिस्ट पार्टी व्यापारको प्रयोगलेृ अन्य देशलाई दबाउने प्रयाशमा लागेको समेत बताएका छन् ।

उनले आरोप लगाएका छन् कि,’अन्तर्राष्ट्रिय संगठनका प्रमुख भन्दा पनि अगाडि चीन पुगिसकेको छ र चिनियाँले आफ्ना मानिस नभएको ठाउँमा पनि गफले आफ्नो बनाउने गरेको छ ।’

साथै उनले विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेड्रोस अधनोम घेब्रेयेससलाई पनि आफ्नो बनाएर हो मा हो मिलाउन लगाएको आरोप लगाएका छन् ।

मध्य जनवरीमा उनले मानिसबाट मानिसमा यो संक्रमण फैलिने बताएको भन्दै उनले महानिर्देशक घब्रेयेससले अन्तर्राष्ट्रिय आवतजावतमा रोक लगाए पनि केहि नहुने नभनेकोले यो सब भएको बताए ।

उनले ट्रम्प प्रशासनले चीनविरुद्ध आफ्नो रुपरेखा बनाईसकेको बताउँदै उनले चीन अब असफल हुँदै गएको बताए । साथै उनले अमेरिकाले अहिले ६ कदम उठाएको र यो पहिलो चरण भएको जानकारी दिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?