नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

दमका रोगी पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केही बेरपछि उनको मृत्यु भएको बताइएको छ ।

मृत्यु पछि स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?