कोरोनाको प्रकोप : अमेरिकामा घट्दै मृतक, बढ्दै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ४ हजार ३६६ जनाको मृत्यु भईसकेको छ भने १ करोड २ लाख ४२ हजार ९३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख ५३ हजार १०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख २८ हजार ४३७ जनाको मृत्यु भईसकेको छ भने २६ लाख ३७ हजार ७७ जनालाई संक्रमण भएको छ । त्यस्तै १० लाख ९३ हजार ४५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ४८४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १६ हजार ७८७ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा ५ हजार ९३५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १६ हजार ८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १५ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७६ हजार ३५४ जनालाई संक्रमण भएको छ ।

आईतवार अमेरिकामा ४० हजार ५४० जना संक्रमित थपिएका छन् भने २८५ जनाको मृत्यु भएको छ । आईतवार मृत्यु हुनेको यो संख्या जून २१ भन्दा यताकै कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?