पछिल्लो विश्व कोरोना अपडेट : कुन देशमा कस्तो छ अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख २ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १ लाख ७६ हजार ३५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख १० हजार ५८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २८ हजार २४३ जनाको मृत्यु भईसकेको छ भने २६ लाख १७ हजार ८८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ८२ हजार २१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १३ लाख १९ हजार २७४ जनालाई संक्रमण भएको छ भने ५७ हजार १४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ७३ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ३४ हजार ४३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ९९ हजार ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३४१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ५४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ५५० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ११ हजार १५१ जनालाई संक्रमण भएको छ । त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७३८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ३१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८८ हजार ८९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ९३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २६ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ७७१जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७७ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार ४८५ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ४८ हजार ८५७ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख २१ हजार ७६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १३५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७५ हजार ९८९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६४ हजार २४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ५०८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २२ हजार ६६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८३ हजार ३१० जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९४६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ५२२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार २१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६६ हजार १५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २६ हजार ३८१ जनाको मृत्यु भईसकेको छ भने २ लाख १२ हजार ८०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६०२ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ४१० जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख २३ हजार ७९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप २१ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५०० जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४५१ जना स्वास्थ्योपचार पछि निको भएका छ भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ११८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २ हजार ९५५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९२ हजार ६२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार २९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?