यस्तो छ रुस, स्पेन र बेलायतमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख २ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १ करोड १ लाख ७६ हजार ३५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख १० हजार ५८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ७३ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ३४ हजार ४३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ९९ हजार ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३४१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ५४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ५५० जनाको मृत्यु भईसकेको छ भने ३ लाख ११ हजार १५१ जनालाई संक्रमण भएको छ । त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?