जापानद्वारा दक्षिण कोरियालाई जी७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार

काठमाडौं । जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन् ।

उनले जी७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी७ को सदस्यता विस्तार गर्न चाहेका छन् ।

राष्ट्रपति ट्रम्पको उक्त भनाई सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

जापानसँगै दक्षिण कोरिया र भारतलाई जी७ को सदस्यता दिँदा एसियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ । जी७ मा हाल जापान सहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन् ।

जी७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?