कोरोना संक्रमणका आधारमा नेपाल विश्वको ६१ औं स्थानमा

काठमाडौं । विश्वका अन्य देशको तुलनामा केही ढिला गरी कोरोना संक्रमण भएपनि नेपाल पछिल्लो समय संक्रमण दर बढ्दै गएको छ ।

परीक्षण दायरा फराकिलो पार्दै लगिएसँगै संक्रमण दर पनि बढेको हो । संक्रमणका आधारमा नेपाल विश्वको ६१ औं स्थानमा रहेको छ । हालसम्म नेपालमा १२ हजार ७७२ जनामा संक्रमण पुष्टि भएको छ भने आजमात्रै ४६३ जना संक्रमित थपिएका छन् ।

यस्तै हालसम्म २८ जनाको मृत्यु हुँदा निको हुनेको संख्या ३ हजार बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?