कोरोना अपडेट भारतः आजै ३६३ को मृत्यु, संक्रमित साढे ५ लाख नजिक

काठमाडौं । भारतमा कोरोनाको संक्रमणबाट आइतबार ३६३ जनाको मृत्यु भएको समाचार छ । यस्तै आजै थप साढे १८ हजार संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ४६६ पुगेको छ भने संक्रमितको संख्या साढे ५ लाख नजिक पुगेको छ ।

आइतबार रातिसम्म भारतमा संक्रमितको संख्या ५ लाख ४८ हजार १५४ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै भारतमा हालसम्म ३ लाख २१ हजार निको भएका छन् भने २ लाख १० हजारको उपचार भइरहेको छ । संक्रमितमध्ये भारतमा झण्डै ९ हजारको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?