काठमाडौं । अमेरिकीको जासुसी एजेन्सीले रुसमाथि संगीन आरोप लगाएको छ ।
उसले रुसको सैन्य जासुसी ईकाइले तालिबानसँग जोडिएका आतंकवादीहरुलाई अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका जवानलाई मारेमा इनाम दिने घोषणा गरेको भन्ने आरोप लगाएको हो ।
रुसी सैन्य अधिकारीहरुले तालिबानसँग सम्बन्ध राख्नेवाला आतंककारीलाई अमेरिकी सेना माथि हमला गर्न लगाएको र उसलाई हमला गरे बापत इनाम दिने गरेको आरोप लगाएको हो ।
संयुक्त राज्य अमेरिकाले यो भन्दा अगाडि रुसलाई पश्चिम देशहरुमाथि अस्थिरता गर्न चाहेको आरोप लगाएको थियो ।
त्यसैले जहाँ सेना शान्तिका लागि तैनाथ गरिएको छ, त्यहाँ हमला गर्न लगाएर रुसले अशान्ति मच्चाएको उनीहरुको आरोप रहेको छ ।
जासुसी एजेन्सीले यो भन्दा अगाडि गएको वर्ष पनि रुसले आतंककारीलाई पैसा दिएर अमेरिकी सेना मार्न लगाएको आरोप लगाएको थियो ।
अधिकारीहरुले भनेका छन् कि, यो जासुसी जानकारी राष्ट्रपति ट्रम्पलाई दिईसकिएको छ । त्यसपछि ह्वाईट हाउसको राष्ट्रिय सुरक्षा परिषदले मार्चको अन्तिमको एक बैठकमा यस समस्याको बारेमा चर्चा गरिएको थियो ।
अधिकारीहरुले यो कुराको ध्यान राख्दै सम्भावित विकल्पको एक लिस्टतयार गरेका थिए ।
यस प्रकारको जानकारी आएपछि अमेरिकाले तालिबानसँग मिलेर आफ्ना सैनिक मारेको प्रमाणित भएमा रुस विरुद्ध युद्ध गर्ने चेतावनी दिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया