काठमाडौं । अमेरिकी विश्वविद्यालयकी एक विद्यार्थीले फुर्सदको बेला एक हप्ताभन्दा कम समयमा ५० वर्षदेखि समाधान हुन नसकेको गणितको एउटा जटिल प्रश्न हल गरिदिएकी छन् ।
लिसा पिच्चिरिल्लोले टेक्सस विश्वविद्यालयमा आफ्नो विद्यावारिधिमा काम गर्दै गर्दा कन्वे नट प्रब्लमुको नामले चिनिएको प्रश्न हल गरेकी हुन् । आफ्ना गुरु गणितज्ञ तथा प्राध्यापक क्यामरुन गोर्डनसँग कुरा गर्दै गर्दा उनले सहज रूपमा आफ्नो हल देखाएकी थिइन् ।
उनी किन तिमी खुसी नभएको भनेर चिच्याए, पिक्सिरिल्लोले विज्ञानसम्बन्धी समाचार साइट क्वान्टालाई भनिन् । प्राध्यापक त खुसीले उन्मत्त भए ।
कन्वे नट प्रब्लम सन् १९७० मा ब्रिटिश गणितज्ञ जोन होर्टनले बनाएका थिए । पिच्चिरिल्लोले यसको बारेमा पहिलो पटक सन् २०१८ मा एउटा कार्यक्रममा सुनेकी थिइन् ।उनलाई यो पुरानो र प्रसिद्ध प्रश्न हो भन्ने हेक्का थियो जस्तो मलाई लाग्दैन, प्राध्यापक गोर्डनले भने ।

पिच्चिरिल्लोको उत्तर यो वर्षको सुरुमा एनल्स अफ म्याथम्याटिक्स जर्नलमा प्रकाशित भएको छ । यो प्रश्न हल गरेपछि उनले प्रसिद्ध एमआईटीमा सहायक प्राध्यापकको पद पाएकी छन् ।
यो प्रश्न लामो समयदेखि हल भएको थिएन र धेरै गणितज्ञहरूले प्रयास गरे पनि समाधान गर्न सकेका थिएनन्, स्पेनका गणितज्ञ हाभियर अरामायोनाले भने।

प्रश्न के थियो ?
यो प्रश्न गणितको टपोलजी भन्ने गाँठोसम्बन्धी अध्ययन गर्ने क्षेत्रमा पर्छ । टपोलजीमा कुनै पनि वस्तुलाई बङ्ग्याइयो वा तन्काइयो भने त्यो नभाँच्चिएको अवस्थामा कस्तो हुन्छ भनेर अध्ययन गरिन्छ ।
गणितीय गाँठोहरूका दुई छेउ जोडिएका हुन्छन् र सबैभन्दा सजिलो गाँठो गोलो हुन्छ र खोल्न सकिँदैन । यो गणितीय ज्ञान विज्ञान र अन्य क्षेत्रमा महत्त्वपूर्ण हुन्छ र वैज्ञानिकहरूले यसलाई आर्थिक बजारदेखि डीएनएको आकारसम्म अध्ययन गर्न प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया