कोरोनाको प्रकोप : मेक्सिकोमा पछिल्लो २४ घण्टामा थपिए यति धेरै मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ करोड ८६हजार ६९० जनालाई संक्रमण भएको छ भने ५ लाख १ हजार ३९२ जनाको मृत्यु भएको छ ।

त्यस्तै ५४ लाख ६४ हजार २४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ८२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसको महामारीबाट २६ हजार ३८१ जनाको मृत्यु भएको छ भने २ लाख १२ हजार ८०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २३ हजार ७९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६०२ जनाको मृत्यु भएको छ भने ४ हजार ४१० जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा शनिवार ५ हजार ४४१ जना संक्रमित थपिएका थिए भने ७१९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?