काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख १ हजार ३०८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८२ हजार ६१३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५४ लाख ५८ हजार ५२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाले सबैभन्दा प्रताडित देश अमेरिकामा अहिलेसम्म १ लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ भने २५ लाख ९६ हजार ५३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १० लाख ८१ हजार ४३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ४५२ जनाको मृत्यु भएको छ भने ४ लाख १६ हजार १८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा १५ हजार ९१ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा २ लाख १० हजार ८४९ जनालाई संक्रमण भएको छ भने ५ हजार ९०४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा शनिवार मात्रै ४३ हजार ५८१ जना संक्रमित थपिएका छन् भने ५१२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया