कोरोना विश्वो अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कुन देशमा कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९८ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ९९ हजार १९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५४ लाख १४ हजार ५५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २७ हजार ८९१ जनाको मृत्यु भईसकेको छ भने २५ लाख ७५ हजार ३६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ७० हजार ५९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १२ लाख ८४ हजार २१४ जनालाई संक्रमण भएको छ भने ५६ हजार १९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ६ लाख ९७ हजार ५२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९६९ जनाको मृत्यु भईसकेको छ भने ६ लाख २७ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ९३ हजार ३५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३४१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९५ हजार ५४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ५१४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १० हजार २५० जनालाई संक्रमण भएको छ । त्यहाँ ३११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७१६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार १३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८८ हजार ५८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७८८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ९३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २६ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ५२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७७ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार ९६ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २८ हजार १८७ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ९ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९३९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ३६४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५९ हजार ८०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ३६४जनाको मृत्यु भईसकेको छ भने २ लाख २० हजार १८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८० हजार ६६१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ५१६ जनाको मृत्यु भईसकेको छ भने १ लाख २ हजार ९५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६५ हजार ९०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २५ हजार ७७९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८ हजार ३९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७१९ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख २० हजार ५६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप २१ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४८३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४४४ जना स्वास्थ्योपचार पछि निको भएका छ भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ३५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ८८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८६ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार २०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?