भारतमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार नाघ्यो

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९८ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ९९ हजार १९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५४ लाख १४ हजार ५५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार ९६ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २८ हजार १८७ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ९ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?