काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ९८ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ९९ हजार १९८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५४ लाख १४ हजार ५५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७१६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार १३६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ८८ हजार ५८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ७८८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ९३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २६ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ५२७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७७ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया