काठमाडौं । पाकिस्तानको सरकारले सवै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रुपैया वृद्धि भएको पाइएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रुपैया र दश पैसा पुगेको छ । यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रुपैया रहेको थियो ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा पाकिस्तानमा पनि वृद्धि गरिएको वित्त विभागले शुक्रबार जानकारी दिएको छ । डिजेलको मूल्य २१ रुपैया ३१ पैसा वृद्धि भएर १०१ रुपैया २६ पैसा पुगेको विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी मट्टितेलको मूल्य पनि ५९ रुपैया ६ पैसा भएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया