ब्राजिलमा ७०० किलोमिटर लामो चट्याङ, बन्यो विश्व रेकर्ड

काठमाडौं । आकाशमा बिजुली चम्किने विषयलाई लिएर वैज्ञानिकहरुले विभिन्न दाबी गरिरहेका छन् ।

सबैभन्दा ठूलो लाइटिङ गएको वर्ष दर्ता भएको थियो । उक्त लाइटिङ करिव ७०० किलोमिटर लामो थियो । यो लम्बाई लगभग बोस्टनदेखि वाशिंगटन डिसीसम्मको थियो ।

यो जानकारी यूनाइटेड नेशन्सको मौसम विभागले दिएको हो । यो लाइटिङको तस्वीर अमेरिकन जियोफिजिकल यूनियनले २८ जूनको इन्टरनेशनल लाइटिङ डेको पूर्वसन्ध्यामा देखाएको थियो ।

चीन तथा अन्य यूरोपीय देशहरुको सहयोगबाट जियोस्टेशनरी अपरेशनल इन्भायरमेन्टल स्याटेलाइटबाट यो तस्वीर लिइएको थियो ।

विश्व मौसम संगठनको विशेषज्ञ समितिले चट्याङ पर्ने सम्बन्धी दुई रिपोर्ट जारी गरेको छ । एउटा सबैभन्दा लामो समयसम्म चट्याङ पर्ने र दोश्रो लामो दुरीसम्म चट्याङ पर्ने रेकर्ड दर्ता गरेको हो ।

सबैभन्दा लामो दुरीसम्म चट्याङ पर्ने विश्व रेकर्ड ब्राजिलको नाममा छ भने लामोे समयसम्म चट्याङ परेको विश्व रेकर्ड अर्जेन्टिनाको नाममा रहेको छ ।

अर्जेन्टिनाले यो रेकर्ड सन् २०१९ मा रेकर्ड गराएको हो । चार मार्च सन् २०१९ मा अर्जेन्टिनामा मौसम खराबीका कारण लगातार चट्याङ परेको थियो ।

चट्याङ १६.७३ सेकेण्ड मापन गरिएको थियो । त्यस्तै लामो दुरीसम्म चट्याङ परेको विश्व रेकर्ड ब्राजिलमा ३१ अक्टुबरमा भएको थियो ।

त्यसको लम्बाई ७०० किलोमिटर थियो । सबैभन्दा पहिला चट्याङ परेको घटना सन् २००७ मा मापन गरिएको थियो ।

त्यो बेला ३२१ किलोमिटर लामो चट्याङ परेको थियो । लामो समयको भने यो भन्दा पहिला फ्रान्समा ७.७४ सेकेण्ड सन् २०१२ मा मापन गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?