हिन्द महासागरमा चीनका युद्धपोत जाने संकेत, डराए छिमेकी मुलुक

काठमाडौं । कोरोना भाइरस विश्वमा फैलाएको विषयलाई लिएर अहिले विश्वका अधिकांश देशहरु चीनसँग रुष्ट बनेका छन् ।

छिमेकी देशहरु पनि सीमानाकामा भईरहेको विवादका कारण चीनसँग रुष्ट बनिरहेका छन् । यसैबीच फोब्र्स पत्रिकाका अनुसार अबका दिनमा हिन्द महासागरमा रहेको चिनियाँ युघपोत तथा ट्यांकर तैनाथ गर्न सक्ने बताएको छ ।

जसका कारण छिमेकी देशहरु अहिले त्रस्त बनेका छन् ।

चीन सागरमा खतरा

अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले चिनियाँ कम्युनिष्ट पार्टी एशियाई देशहरुको लागि खतरा भएको र अमेरिकामा चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाएको बताएका छन् ।

अमेरिकाको ध्यान पनि चिनियाँ सागरमा भएको र अब चीनले पनि उक्त सागरमा आफ्ना पानीजहाज र युद्धपोत पठाउन लागेकोले यो घटना क्रमलाई महत्वका साथ हेर्न थालिएको छ ।

चिनियाँ सागरमा चीनको ध्यान धेरै

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो बेलामा चीनका युघपोत स्ट्रेट अफ मलक्काको माध्यमबाट हिन्द महासागरमा प्रवेश गर्न सक्ने बताईएको छ ।

युद्धका बेला चीनलाई यो मार्ग सहज हुनसक्ने

चीन हिन्द महासागरमा प्रवेश गर्न सहज रुपले सक्ने आँकलन गरिएको छ । पानीजहाजहरु गहिरो ठाउँमा जान सहजै सक्ने भएकोले पनि चीनलाई झनै सजिलो भएको बताइएको छ । चीनका नौसेनाले पहिल्यै अफ्रिाका जिबुतिमा एक बेस बनाइसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?