काठमाडौं । शुक्रवार उत्तर कोरियाले अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।
अमेरिकाविरुद्ध अन्य कुनै विकल्प नरहेको भन्दै उत्तर कोरियाले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिका माथि आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएको हो ।
राज्य नियन्त्रित सञ्चारमाध्यमबाट शुक्रवार बिहान सार्वजनिक भएको ५ हजार शब्दको लेखमा बाँकी रहेको एउटै उपाय हतियारलाई हतियारले चुनौती दिने कुरा लेखिएको छ ।
अमेरिकाको आणविक चुनौतीबाट उम्कनका लागि उत्तर कोरिया सरकारले सबै संभव प्रयास अबलम्बन गरेको छ बताएको छ ।
५ हजार शब्दको यो लेख सरकारी सञ्चारमाध्यममा छापिएको छ । यसले अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीहरुले गरेको अन्यायलाई दस्तावेजिकरण गरेको छ, यी सबै देशले कोरियाली युद्धको सुरुवातको ७० औँ वर्षगाँठ स्मरण गरेको एक दिनपछि यो लेख छापिएको हो।
यस लेखमा विशेषगरी ट्रम्प प्रशासनबारे उल्लेख गरिएको छ, ट्रम्पले २०१७ र २०१८ मा किम जोङ उनसँग शिखर सम्मेलन गर्दै उत्तर कोरियासँग शान्तिवार्ता सम्पन्न गर्ने आशा जगाएका थिए । तर उत्तर कोरियाविरुद्धको नाकाबन्दी खुकुलो गर्ने विषयमा सहमति नजुट्दा यो प्रयासमा ढिलाई भएको बताइएको छ।
त्यस्तै, अमरिकी सेनाले गत वर्षको अन्त्य र यसै वर्षको शुरुमा दक्षिण कोरियाली सेनासँग अभ्यास गरेपछि उत्तर थप आक्रामक बनेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया