काठमाडौं । चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा १५ जूनमा भएको झडपपछि अमेरिकाले चीनलाई भारत समेत केहि देशको खतरा रहेको बताएको छ ।
१५ जूनका दिन गलवान घाटीमा दुबै देशका सेनाको बीचमा भएको झडपमा २० भारतीय सेना र चीनका कमान्डिंग अफिसर सहित दुई सैन्य अधिकारीहरुको मृत्यु भएको थियो ।
यसैबीच अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ सेनाहरुसँग लड्नको लागि अमेरिकाले आफ्ना सैनिक एशियामा तैनाथ गर्ने बताएका छन् ।
यसैबीच भारतीय केहि सञ्चारमाध्यमहरुले चीनसँग सामना गर्नको लागि अमेरिका भारतको साथमा रहेको दाबी गरेका छन् ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आवश्यक परे चिनियाँ सेनाविरुद्ध लड्नको लागि अमेरिकाले भारतको साथ दिने बताएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
अमेरिकाको यो चेतावनीलाई सामान्य रुपमा नलिन भन्दै भारतीय सञ्चारमाध्यमहरुले अमेरिकाले चीनविरुद्ध लड्नको लागि ताइवानको नजिक आफ्ना तीन न्यूक्लियर एयरक्राफ्ट क्यारियरलार्य तैनाथ गरेको बताएका छन् ।
अहिले एयरक्राफ्ट युद्धाभ्यास गरिरहेको पनि भारतीय मिडियाको दाबी छ ।
प्रशान्त महासागरमा रहेको यी तीन एयरक्राफ्ट यूएसएस थियोडोर रुजवेल्ट, यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रीगन रहेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चीनको चारै तर्फ २ लाख अमेरिकी सेना रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पति अमेरिकाले जर्मनीमा रहेका आफ्ना ५२ हजार सैनिकहरु घटाएर २५ हजार राखेको छ ।
उक्त सैनिकहरुलाई एशियामा पठाउनको लागि तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार संसारमा अमेरिकाका ८०० सैनिक अड्डा रहेका छन् ।
चीनसँग युद्धका लागि भने माल्दिभ्सको डिएगो गार्सियामा अमेरिकी तथा ब्रिटिश नौसेनाको बेस रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
साथै अमेरिकाका अन्य सैनिक अड्डा भने सिंगापुर, ताइवान, दक्षिण कोरिया, गुआम र जापानमा रहेका छन् ।
जापानका १० फरक फरक सैन्य अड्डामा १ लाख भन्दा धेरै अमेरिकी सैनिक रहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । त्यहाँबाट अमेरिकाका सैनिकले दक्षिण चीन सागरमा नियाल्ने गर्दछ ।
जापान र अमेरिकाबीच दोश्रो विश्वयुद्धमा गरिएको सन्धिका अनुसार त्यहाँ अमेरिकाका आर्मी र एयरफोर्स रहेका छन् ।
दक्षिण कोरियालाई उत्तर कोरियाबाट बचाउनको लागि त्यहाँ आफ्ना सैनिक तैनाथ गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया