कोरोना कहर : मेक्सिकोको अवस्था डरलाग्दो बन्दै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

महामारीका कारण अहिलेसम्म ४ लाख ९६ हजार ९९१ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख ९ हजार ९६५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५३ लाख ६० हजार ७६६ जना स्वास्थ्योपचार पछि निको भईसकेका छन् भने ५७ हजार ६१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको कारण मेक्सिकोमा २५ हजार ७७९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८ हजार ३९२ जनालाई संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७१९ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख २० हजार ५६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ शुक्रवार मात्रै ६ हजार १०४ जना संक्रमित थपिएका थिए भने ७३६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?