काठमाडौं । कोरोना भाइरसका केसहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् । यस्तो अवस्थामा डब्ल्युएचओको तर्फबाट दिइएको चेतावनीले झनै चिन्ता थपिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार वैश्विक स्तरमा कोरोनाको प्रकोप अझै बढ्न सक्नेछ ।
अघिल्लो हप्तासम्म कोरोना संक्रमितको आँकडा १० मिलियनसम्म पुग्ने डब्ल्युएचओले बताएको छ । साथै मर्नेहरुको संख्या पाँच लाख पुग्न सक्नेछ ।
डब्ल्युएचओका प्रमुख डा. टड्रोस एडनम घेब्रेसियसले पनि युरोपमा कोरोना भाइरसको प्रकोप अहिले पलिेको तुलनामा कम हुँदै गएपनि यसलाई सामान्य लिन नहुने बताएका छन् ।
यस बारेमा डा. टेड्रोसले भिडियो कन्फ्रेन्सिङको माध्यमबाट युरोपीय संसदको स्वास्थ्य समितिसँग छलफल गरेका थिए ।
उनले जेनेभास्थित कार्यालयबाट कोरोना संक्रमितको संख्याको बारेमा रिपोर्ट प्राप्त भएको बताएका छन् ।
साथै उनले भाइरस अहिले पनि फैलिरहेको कारणले यसको रोकथाममा ध्यान दिन अत्यन्त आवश्यक रहेको बताएका छन् ।
इथियोपियाका पूर्व स्वास्थ्यमन्त्रीले कोरोना सारा व्श्विमा फैलाएको विषयलाई लिएर चीनविरुद्ध आक्रोशित बनेका छन् ।
उनले डा. टेड्रोससँगको भिडियो कन्फ्रेन्सिङमा भाइरस निस्किएको ठाउँमा नै एक वर्ष अगाडि नै भ्याक्सीन बनाउन सकिने भन्दै आक्रोश पोखेका थिए । तर डा. टेड्रोसले यस आलोचना खारिज गर्दै कुनै पनि कुरालाई लिएर रेस्पोन्स गर्ने तुलना गर्नु सम्भव नभएको बताएका छन् ।
त्यति मात्रै होइन उनले चीनको तारिफ गर्दै चीनले कोरोनालाई नियन्त्रण गर्नको लागि राम्रो रणनीति बनाएको बताएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ९१ हजार ८८७ जनाको मृत्यु भएको छ भने ९७ लाख १६ हजार ६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५२ लाख ५० हजार ७५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ३९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया