काठमाडौं । संयुक्त राज्य अमेरिकामा बितेको २४ घण्टामा १७ हजार ३ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाका १ लाख २४ हजार ५ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म २४ लाख ७९ हजार ९ सय ४१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १० लाख ४२ हजार २ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा थप २ सय ६३ जनाको ज्यान गएको र संक्रमितमध्ये १५ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ४ लाख ८७ हजार ४ सय ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९६ लाख २४ हजार ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ५२ लाख ३० हजार २ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५७ हजार ३ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया