काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ४ लाख ८४ हजार ९७२ जनाको मृत्यु भईसकेको छ भने ९५ लाख २७ हजार १२३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५१ लाख ७५ हजार ४०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ४२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख २४ हजार २८१ जनाको मृत्यु भईसकेको छ भने २४ लाख ६२ हजार ५५४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १० लाख ४० हजार ६०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार ३४६ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १३ हजार ३५५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १ लाख ९५ हजार ५६४ जनालाई संक्रमण भएको छ भने ५ हजार ७२९ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७३ हजार १३२ जनालाई संक्रमण भएको छ भने १२ हजार १२९ जनाको मृत्यु भईसकेको छ ।
अमेरिकामा बुधवार ३८ हजार ३८६ जना संक्रमित थपिएका छन् भने ८०८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया