काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ४ लाख ८४ हजार ९७२ जनाको मृत्यु भईसकेको छ भने ९५ लाख २७ हजार १२३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५१ लाख ७५ हजार ४०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ४२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १४ हजार ९०७ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ७२ हजार ९८५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख ७१ हजार ६८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा बुधवार एकैदिन १६ हजार ८७० जना संक्रमित थपिएका छन् ।
जो अहिलेसम्म एकैदिन भारतमा थपिएका धेरै संक्रमितको संख्या हो । भारतमा बुधवार नै कोरोनाबाट ४२४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया