पतञ्जलीले कोरोनाविरुद्धको औषधि बनाएको बाबा रामदेवको दाबी

काठमाडौं । योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्‍ने भ्याक्सीन बनाएको दाबी गरेको छ।

बाबा रामदेवले मंगलवार पतञ्‍जली आयुर्वेदले आयोजना गरेको पत्रकार सम्‍मेलनमा बोल्दै ‘विश्‍वले कोरोना भाइरसको औषधि खोजीरहेका बेला कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको दाबी गरेका हुन् । पतञ्जलीले तयार पारेको उक्त औषधिको नाम कोरोनिल राखिएको छ ।

पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने जानकारी दिँदै बाबा रामदेवले भने, ‘आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्‍जलीको स्टोरबाट पाउन सकिन्छ।’

https://twitter.com/PypAyurved/status/1275324398665269248

साथै उनले सोमवारसम्‍म एक एप सार्वजनिक गरिने र उक्त एपको माध्‍यमबाट यो भ्याक्सीन घरघरमा पुग्‍ने दाबी गरेका छन्।

पत्रकार सम्‍मेलनका क्रममा रामदेवले एलोपेथिक सिष्टमले अहिले औषधिलाई नेतृत्व गरिरहेको भए पनि पतञ्‍जलीले भने क्लिनिल कन्ट्रोलको अध्‍ययन गरेर औषधिको परीक्षण गरेको दाबी गरेका छन्।

उनले पतञ्जलीले तयार पारेको औषधिबाट तीन दिनमा ६५ प्रतिशत रोगी निको भईसकेको दाबी गरे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?