बडिमालिकाबाट स्वास्थ्य र कृषिमा प्राथमिकता

बाजुरा । बडिमालिका नगरपालिकाले आगामी वर्षका लागि ३७ करोड रुपैयाँको वार्षिक बजेट ल्याएको छ ।

नगरपालिकाको सातौंँ नगरसभाबाट आर्थिक वर्ष २०७७÷७८ का लागि नगरपालिकाले स्वास्थ्य र कृषिलाई बढी तथा त्यसपछि शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

नगरसभामा उपप्रमुख कविता विष्टले चालुतर्फ १७ करोड १५ लाख ४८ हजार रुपैयाँ र पूँजीगततर्फ २० करोड ७७ लाख ६८ हजार रुपैयाँको बजेट सोमवार प्रश्तुत गरिन् ।

शोधभर्ना गर्ने गरी आन्तरिक आम्दानीबाट ३७ लाख ९० हजार पाँच सय रुपैयाँ र संघीय सरकार समानीकरण अनुदानबाट १० करोड ८१ लाख रुपैयाँ बराबर पाउने गरी बजेट सोमबार सार्वजनिक गरिएको नगर प्रमुख पदम बडुवालले बताए ।

सामाजिक र पूर्वाधार विकास, आर्थिक उन्नति तथा संस्थागत सुदृढीकरणमार्फत सभ्य समाज र आर्थिक रुपमा समृद्ध नगर निर्माण गर्दै जानेलगायत कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उपप्रमुख विष्टले बताइन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?