क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु

काठमाडौं । बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ ।

चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको आज मृत्यु भएको हो । क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?