पाल्पा- पाल्पाको रामपुर नगरपालिका १० वरभञ्ज्याङ्गमा गोरु काटेर खाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे वीरबहादुर सुनारको गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षीय प्रेम सुनार, १९ वर्षीय दामोदर सुनार र १९ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया