खोलाले बगाउँदा एक वृद्धाको मृत्यु

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए ।

मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?