काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ७० पुगेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय २० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ४३ हजार १ सय ९८ पुगेको छ । हालसम्म ९ लाख ७४ हजार ७ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय २९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९० जनाले ज्यान गुमाएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ६८ हजार ६३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८९ लाख ८२ हजार ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४७ लाख ७६ हजार ४ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५४ हजार ८ सय ८७ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया