नेपालमा कोरोना अपडेट : आज थपिएका मृतक र ४ सय २१ जना संक्रमित कहाँका हुन् ? (विवरणसहित)

काठमाडौं – नेपालमा बितेको २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ जना महिला संक्रमित छन् भने ३५७ जना पुरुष संक्रमित छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । कुल संक्रमितमध्ये ८२० जना महिला छन् भने ८ हजार २ सय ६ जना पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा थपिएका सबैको स्वास्थ्य अवस्था सामान्य भएको र चिकित्सकको निगरानीमा रहेको बताए । नेपालमा हिजो (शनिवार) एकैदिन थप ३ सय ३१ जना संक्रमित पुष्टि भएका थिए ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ । आज मात्रै गुल्मीका एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म १ हजार ७७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । कुल संक्रमणमुक्त हुनेहरुमध्ये १४९ जना महिला र १६२३ जना पुरुष छन् । आज मात्रै नेपालमा कोरोना विरुद्धको लडाई जितेर घर फर्किनेको संख्या १९४ छ ।आज संक्रमणमुक्त हुनेहरुमध्ये महिला ८ जना र पुरुष १८६ जना छन् ।

कोरोनाको कारण मृत्यु भएका पुरुष गुल्मीका
गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ मा मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।मृतक प्यारालाइसिस उपचारको लागि भारत गएर यहि जेठ २५ गते नेपाल फर्किएका थिए । उनको असार ५ गते घरमा नै मृत्यु भएको हो । कोरोना संक्रमणको आशंकामा सोही दिन नमुना संकलन गरि प्रदेश प्रयोगशाला भैरहवामा लगिएकोमा उनको स्वाबको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।  उनको शव शनिवार नै नेपाली सेनको सहयोगमा अन्त्येष्टी गरिएको छ । कोरोनाबाट मृत्यु भएकाहरुको शब व्यवस्थापन गर्न सरकारले छुट्टै कार्यविधी बनाएको छ ।

थपिएका संक्रमितको विवरण यस्तो छ : 

कोशी अस्पताल विराटनगरमा गरीएको परीक्षणका क्रममा : झापाका ३ जना महिला, ३ जना पुरुष त्यस्तै उदयपुरको १ जना महिला ४ जना पुरुष गरी जम्मा ११ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोशालामा विराटनगरमा गरीएको परीक्षणका क्रममा : मोरङका १ जना महिला र १ जना पुरुष त्यस्तै सुनसरीका १ जना महिला र १ जना पुरुष गरी ४ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरीएको परीक्षणका क्रममा : धनुषाका १ जना महिला ७ जना पुरुष त्यस्तै महोत्तरीका २ पुरुष त्यस्तै सप्तरीका २ पुरुष गरी जम्मा १२ जना

नारायणी अस्पताल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : वीरगञ्जमा बाराका ३ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणका क्रममा : अर्घाखाँचीका ६ जना महिला १० जना पुरुष, डडेल्धुराका ३ जना महिला, ११ पुरुष त्यस्तै डोटीका २ जना महिला १४ जना पुरुष त्यस्तै गुल्मीका १ महिला ४ जना पुरुष, कैलालीका ३ जना पुरुष कपिलवस्तुका ११ जना पुरुष, नवलपरासी पश्चिमका ५ जना महिला १६ जना पुरुष, नुवाकोटका १ पुरुष, प्यूठानका २ महिला र १८ जना पुरुष, रामेछापका १ जना पुरुष, रुपन्देहीका १ जना पुरुष, सर्लाहीका १ जना महिला र ४ जना पुरुष सिराहाका ४ जना महिला र ४८ जना पुरुष गरी जम्मा १६६ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : ललिपुरका १ जना महिला र पाल्पाका २ जना पुरुष गरी ३ जना

धुलिखेल अस्पताल धुलिखेलमा गरीएको परीक्षणका क्रममा : अर्घाखाँचीका १० जना महिला र ३९ जना पुरुष गरी ४९ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : बाग्लुङका २ जना पुरुष कास्कीका १ जना पुरुष स्याङ्जाका २ जना महिला र ८ जना पुरुष, बाग्लुङका २१ जना पुरुष, मुस्ताङका १ जना पुरुष, म्याग्दीका २ महिला र २ पुरुष, नवलपरासी पूर्वका २ पुरुष, पर्वतका २ पुरुष, तनहुाका १ जना महिला र ३ जना पुरुष जम्मा ३५ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परीक्षणका क्रममा : अर्घाखाँचीका १ महिला र ८ जना पुरुष गुल्मीका १ महिला र १ पुरुष, कपिलवस्तुका १ महिला र १३ पुरुष नवलपरासी पश्चिमका १ पुरुष, पाल्पाका १ महिला र १ पुरुष रुपन्देहीका १ पुरुष गरी जम्मा २९ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरीएको परीक्षणका क्रममा : बाँकेका १ पुरुष बर्दिया ३ पुरुष रोल्पाका १ महिला र २ पुरुष गरी ७ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा : दाङका १० जना पुरुष रोल्पाका १ जना पुरुष गरी ११ जना

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरीएको परीक्षणमा : दैलेखका १ महिला सल्यानका ६ पुरुष सुर्खेतका २ पुरुष गरी ९ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा  : अछामका २ जना पुरुष बैतडीका १ जना पुरुष १ जना महिला बझाङका २ पुरुष डडेल्धुराका ४ महिला र २३ पुरुष डोटीका ४ महिला र ७ पुरुष कैलालीका २ महिला र २२ पुरुष कन्चनपुरका १ पुरुष गरी जम्मा ६९ जना र आज जम्मा ४२१ जनाको पिसिआर पोजेटिभ आएको छ ।

(आज पुष्टि भएकाहरुमध्ये ६४ जना महिला ३५७ पुरुष हुन् । )

कोरोनामुक्त हुनेहरुको विवरण यस्तो छ : 

नेपालमा थप १ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

काठमाडौं दुवाकोट मेडिकल कलेजबाट : काभ्रेका २ महिला र ३ पुरुष गरी ५ जना

जलेश्वर अस्पताल महोत्तरीबाट : महोत्तरीका १ महिला र १७ पुरुष गरी १८ जना

सर्लाहीबाट १ जना महिला र ७३ जना पुरुष गरी ७४ जना

धरहरीबाट रौतहटका १ जना महिला र ४२ जना पुरुष गरी ४३ जना

 साई कृष्ण आइसोलेसनबाट सप्तरीका १ महिला र ११ जना पुरुष

गौर ईन्सिच्युटबाट रौतहटका २ जना महिला र ४० जना

आज डिस्चार्ज भएका १ सय ९४ जनामा ८ जना महिला र १८६ जना पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  कुल संक्रमण जित्ने १ हजार ७ सय ७२ मध्ये १ सय ४९ जना महिला र १ हजार ६ सय २३ जना पुरुष रहेका छन् ।

हालसम्म कति भयो परीक्षण ?

आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ ।

क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना

अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् ।

विदेशमा रहेका १ सय ३० नेपालीको कोरोनाबाट मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो । यो सँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणमुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । संयोजक डा। सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन् ।

मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।

४० जना नेपालीको शव नेपाल ल्याईयो 

यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ ।

यस बाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ ।

नेपालमा हालसम्म देखिएका कोरोना पोजेटिभ भारतबाट आएकाहरुमा मात्रै
हालसम्म नेपालमा पुष्टि भएका अधिकांश संक्रमितको ट्राभल हिष्ट्रि भारतबाट आएको रहेको मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे अनुसार हालसम्म विभिन्न काम विशेषले विदेशबाट त्यो पनि भारतबाट आएका व्यक्तिमा अधिकांश व्यक्तिमा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. पाण्डेले विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिएकाले नेपालमा समुदायमा संक्रमण नफैलिएको स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्
के ‘भ्याक्सीन’ बने पनि खत्तम हुँदैन कोरोना ? यसो भन्छन् वैज्ञानिक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?