लकडाउनमा महिलाले बनाए स्वादिलो अचार !

बाजुरा । उद्यमशील महिला समूहले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘मिक्स अचार’ उत्पादन गरेका छन् ।

बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदीबहिनी उद्यमशील समूहको सक्रियतामा स्थानीय सामग्रीको प्रयोग गरी अचार उत्पादन गरेका हुन् ।

चोतो, मूला, गाजर, लसुन, प्याज र खुर्सानी मिलाएर अचार उत्पादन गरेको समूहकी अध्यक्ष कमलकुमारी शाहले जानकारी दिइन् ।

समूहका उपाध्यक्ष सीता बराल थापाले नौजना महिलाको समूह मिलेर पहिलो चरणमा तीन सय डिब्बा अचार उत्पादन गरेको बताइन् ।

स्थानीय स्वादको सो अचार प्रतिकेजी तीन सयका दरले बिक्री मूल्य राखिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले अगामी दिनमा समूहलाई आवश्यक सहयोग गर्ने जानकारी दिए । उत्पादित अचारको बजार विस्तार र थप सीप विकासमा बडिमालिका नगरपालिकाले सहयोग गर्ने उपप्रमुख कविता बिष्टले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?