काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारसँग सम्बन्धित भिसा रोक्ने तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको खबरमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको महामारीका कारण सबैभन्दा बढी प्रभाव खेपिरहेको अमेरिकाले एच वान बि (H1B) भिषामा रोक लगाउने तयारी गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसाको विषयमा भोलि केही सम्बोधन गर्न गइरहेको भन्ने जानकारी फक्स न्यूजको अन्तर्वार्तामा भनेका छन्।
उनले धेरैखाले भिसामा कडाइ गरिने जनाएका छन् जसमध्ये एच वान बि /एल वान समेत पर्नेछ।
यसले सयौं कम्पनी र हजारौं मानिसहरु प्रभावित हुने अनुमान गरिएका छन्।
ट्रम्पले कोरोना भाइरस पेन्डेमिकका कारण आफूले अस्थायी रुपमा अमेरिका आगमनमाथि रोक लगाउन लागेको ट्विटमार्फत् जानकारी गराएका छन्।

यसअघि प्रकाशित :
हेर्नुभयो ? अर्को सूचना पर्खन भन्दै अमेरिकी दूताबासले निकाल्यो जानकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया