हेर्नुभयो ? अर्को सूचना पर्खन भन्दै अमेरिकी दूताबासले निकाल्यो जानकारी

काठमाडौं- नेपालस्थित अमेरिकी दूताबासले एक सूचना जारी गर्दै भिसा अन्तरर्वार्ता लगायतका नियमित कन्सुलर सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द नै रहने जानकारी दिएको छ ।

कोरोना भाईरस ‘कोभिड-१९’ को महामारीका कारण यतिबेला संसारभर केही अत्यावश्यक सेवा, र सावधानी अपनाएर गर्न मिल्ने सामान्य कामकाजबाहेक अन्य कामकाज ठप्पप्राय भएको अवस्थामा दूताबासले अमेरिका र अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशनहरूले सुझाउने अवस्था अनुरुपको परिस्थिती भएपछि मात्रै सामान्य सेवा शुरू गरिने जनाएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै दूताबासले लेखेको छ, ‘यी निर्णयहरू भिन्न समय र परिस्थितीअनुसार लिइने भएकोले हाललाई यी सेवाहरू नियमित हुने निश्चित मिती प्रदान गर्न हामी असमर्थ छौं, र तत्कालै नियमित भिसा सेवा शुरु गर्न नसकिने स्पष्ट व्यहोरा पनि अनुरोध छ।’

यस्तो छ दूताबासले जारी गरेको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?