काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ६४ हजार ५ सय ३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८८ लाख ४१ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४६ लाख ९६ हजार २ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५४ हजार ५ सय १ जनाको अवस्था गम्भीर रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २१ हजार ६ सय ५२ पुगेको छ । बितेको २४ घण्टामा १६ हजार ७ सय ३० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख १३ हजार ९ सय २० पुगेको छ । हालसम्म ९ लाख ५८ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ४९ हजार १ सय ५६ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ४ हजार ६ सयमा कोरोना संक्रमण देखिएको र ६६ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १० लाख ४३ हजार १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ५ लाख ४३ हजार १ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ५ लाख ७६ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ८ सय ८९ जनामा कोरोना संक्रमण देखिएको र १ सय ६१ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ८ हजार २ जनाको ज्यान गएको र संक्रमितमध्ये ३ लाख ३४ हजार ५ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ७ हजार ६ सय ८९ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १३ हजार २ सय ६९ जनाको ज्यान गएको र २ लाख २० हजार ३ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण २ सय ९९ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ५ सय ८९ पुगेको छ । बितेको २४ घण्टामा १ हजार २ सय ९५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार १ सय १० पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय २८ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये ३ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ३ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९३ हजार १८ पुगेको छ । हालसम्म २८ हजार ३ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र ७ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ६० पुगेको छ । हालसम्म २ लाख ४७ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ३५ हजार ५ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १० पुगेको छ । बितेको २४ घण्टामा २ सय ६४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार २ सय ७५ पुगेको छ । हालसम्म १ लाख ८२ हजार ४ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय ५२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया