धादिङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शनिवार धादिङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ महिला र ८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो ।

नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ । जसमा महिला ७५६ र पुरुष ७ हजार ८ सय ४९ जना रहेका छन् । आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?