अभिनेता सुशान्त सिंह राजपुतका डाक्टरले गरे यस्तो खुलासा !

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतले १४ जूनमा आफ्नो घर बान्द्रमा पासो लगाएर आत्महत्या गरेका छन् ।

यसको कारण पत्ता लगाउन अहिले पनि पुलिस अनुसन्धानमा खटिएको छ ।

डिप्रेशनको शिकार भएका अभिनेता राजपुतले आफ्नो उपचार मनोचिकित्सक डा. केरसी चावलासँग गराईरहेका थिए । साईक्यास्ट्रिकबाट पुलिसले सोधपुछ गरेपछि उनले चार रहस्य बताएका छन् ।

१. अभिनेता सुशान्त अंकिता लोखण्डेसँग छुट्टिएकोमा दुखी थिए । अंकिता र सुशान्तले पवित्र रिस्तानामक टिभी सिरियलमा सँगै काम गरेका थिए ।

उनीहरु त्यहि साथी बने र प्रेम गर्न थाले । ६ वर्ष पछि उनीहरुको ब्रेकअप भयो । ब्रेकअप पछि सुशान्त शुरुमा ठिक थिए तर बिस्तारै उनी उनी अंकितालाई सम्झन थाले ।

२.सुशान्त बितेको वर्षदिन यता डिप्रेसनमा थिए । र उनलार्इै राती निन्द्र लाग्दैन थियो, राती उनी अनौठो कुराहरु सोच्ने गर्दथे ।

३. डाक्टरका अनुसार उनी कृति सेननसँग पनि प्रेम गर्न थाले, तर यो रिलेसन धेरै समय टिकेन । उनीहरु दुबैले फिल्म राब्तामा अभिनय गरेका थिए । उक्त फिल्म पनि फ्ल्प भयो र प्रेम पनि ।

४. उनी एक स्टार किडसँग पनि प्रेम गर्न थालेका थिए । तर स्टार किडकी आमालाई सुशान्त मन परेन र सम्बन्ध सकियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?