रामपुर । वर्षाले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ ।
दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीव ६५ लाख रुपैयाँ बराबरको क्षति पुगेको हो ।
आज ढलान गर्ने तयारी गरी कामलाई तीव्रता दिइरहेका बेला बाढीले सटरिङ नै बगाएपछि ठूलो क्षति पुगेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सहायक सुपरभाइजर दामोदर भण्डारीले बताए ।
उनका अनुसार वर्षायाम अगावै ढलानको काम सक्ने भनिए पनि खोलामा पानीको बहाब बढ्न थालेपछि समयमा नै काम सम्पन्न गर्न समस्या हुनेछ । वर्षायाम शुुरु भएकाले दशैँतिहार अगावै काम सञ्चालन गर्न समस्या हुने भण्डारीले बताए।
तीन करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो पुल आर्थिक वर्ष २०७३÷०७४ मा सम्झौता भई २०७५ मङ्सिर अन्तिमदेखि निर्माण शुरु गरिएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया